२ दिन सार्वजनिक विदाबारे राष्ट्र बैंकले गर्यो ६ नयाँ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 01:24:21 PM मा प्रकाशित

laxmi bank citizenlife

सातामा दुई दिन सार्वजनिक विदाबारे  नेपाल राष्ट्र बैंकले विभिन्न आधा दर्जन नयाँ ब्यबस्था गरेको छ । राष्ट्र बैंकका गभर्नरद्वारा बैशाख २८ गते स्वीकृत टिप्पणी अनुसार २०७९ साल जेठ १ देखि लागू गर्ने गरी शनिबार र आइतबार सार्वजनिक विदा दिने सम्बन्धमा राष्ट्र बैंकले विभिन्न निर्णय गरेको हो ।

राष्ट्र बैंकको जनशक्ति ब्यबस्थापन विभागले राष्ट्र बैंकका सम्पूर्ण विभाग, महाशाखा, कार्यालय, र इकाईहरुलाई नयाँ ब्यबस्थाबारे जानकारी गराएको छ ।

के के छन् नयाँ ब्यबस्था ? 

 १. वि.सं. २०७९ साल जेठ १ देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक विदा दिने ।

२. सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म कायम गर्ने, तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म कायम रहने।

३. वि.सं. २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा समेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने RTGS सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु, तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैकिङ्ग सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारी खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्ने । उक्त सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउने ।

४. बैंकिङ्ग कारोवार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० बजेदेखि साँझ ४:०० बजेसम्म कायम गर्ने तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिङ्ग कारोवार समय बिहान ९:३० बजेदेखि अपरान्ह ३:३० बजेसम्म कायम रहने।

५. शुक्रबारको लागि पनि बैंकको निर्धारित कार्यालय पोशाक कायम गर्ने ।

६. विभाग/कार्यालय/महाशाखा/इकाईले प्रत्यक्ष सेवाग्राहीले एकै दिनमा सम्पन्न हुने एकै सेवाको लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी कार्य व्यवस्थापन गर्ने ।

७. हप्ताको २ दिन विदा हुँदा हप्ताभरि सम्पन्न गरिएका कार्यहरुको सूची/ दैनिकी तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्याङ्कनका लागि अभिलेख गरी राख्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved