एनबी बैंकलाई गाभ्ने प्रकृया अगाडी नबढाउन सर्वोच्चको आदेश, कर्मचारीलाई ठुलो राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2022 | 12:37:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने नबिल बैंकको योजनामा ठुलो धक्का लागेको छ। एनबि बैंकलाई प्राप्ति गर्ने प्रकृया अगाडी बढाउँन नमिल्ने गरि सर्वोच्च अदालतले आदेश दिएपछि नबिल बैंकको योजनामा ठुलो धक्का लागेको हो। 

सर्वोच्च अदालतका न्यायधीश बम श्रेष्ठको एकल इजलाशले एनबि बैंकलाई प्राप्ती गर्ने प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले नबिल बैंकको योजनामा धक्का लागेको हो।     

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएकाे हाे ।

एनबी बैंकका सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले प्राप्ति प्रक्रियामा असन्तुष्टी जनाउदै सर्बोच्च अदालतमा दायर गरेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो निर्देशन दिएको हो।

यद्दपी जेठ ३ गते अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन सर्वोच्चले डाकेको छ। प्राप्ति प्रकृया अगाडी नबढाउन निर्देशन दिएको सर्वोच्चले जेठ ३ गते नेपाल राष्ट्र बैंकलाई पनि बोलाएको छ।  

सर्वोच्चको आदेशले नबिल बैंक र एनबी बैंकले प्राप्ती प्रकृयालाई अन्तिम रुप दिन जेठ ७ गतेको लागि डाकेको विशेष साधारणसभा पनि प्रभावित हुने सम्भावना बढेको छ।

अर्को मुद्दामा पनि फैसला हुन बाँकी

सर्वोच्चले एनबी बैंकको सेयरधनी श्रेष्ठले दायर गरेको मुद्दामा अन्तरिम आदेश दिएपनि सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले पनि आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर अदालतमा दायर गरेको मुद्दामा अझैं फैसला भएको छेन।   

दुगडले बिनोध चौधरी भन्दा पहिलेनै आफुले एनबी बैंकमा रहेको सेयर खरिद गर्ने सम्झौता गरेकाले उक्त सेयर आफुले खरिद गर्न पाउनुपर्ने माग राख्दै अदालतमा रिट दायर गरेका थिए। त्यसयता एनबी बैंकको संस्थापक सेयर खरिद प्रक्रिया विवादमा फसेको छ।  

गत पुस २१ गते दुगड समुहबाट पाटन उच्च अदालतमा बंगलादेशको आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर दुईवटा रिट परेको थियो। अदालतले प्रमाण मिसिल झिकाउन आदेश दिएको थियाे।

बंगलादेशको आईएफआईसीले एनबी बैंकको रहेको आफ्नो ४२ प्रतिशत संस्थापक सेयर बिक्रि प्रकृयामा एकपछि अर्को विवाद आएपछि दुई ठुला कमर्शियल बैंकलाई मर्जर तथा प्राप्ति प्रकृयामा लैजाने राष्ट्र बैंकको योजनामा पनि धक्का लागेको छ। 

सर्वोच्चको आदेशले एनबी बैंकका कर्मचारीलाई राहत 

नबिल बैंकले प्राप्ति गर्ने प्रकृयामा रहेको एनबी बैंकका कर्मचारीहरु कर्मचारी समायोजनमा अन्याय भएको भन्दै पछिल्ला केहि दिन यता आन्दोलित छन्। एनबी बैंकको कर्मचारीहरुको संस्था नेपाल बंगलादेश बैंक कर्मचारी संघ ले समान हैसियतमा कर्मचारी समायोजन हुनुपर्ने लगायतका ५ बुंदे माग राख्दै यहि आइतबारदेखि मंगलबारसम्म आन्दोलनको कार्यक्रम घोषणा नै गरेको थियो। 

तर कर्मचारी युनियनका कर्मचारीले उच्च व्यवस्थापनका अगाडी खुट्टा कमाएपछि माग पुरा नभएपनि आन्दोलन स्थगित जस्तै अवस्थामा पुगेको छ। आफुहरुको माग सम्बोधन बीना नै जेठ ७ गतेका लागि बिशेस साधारण आब्हान गरिएकोमा त्यस अगाडी नै सर्वोच्चको आदेश आएकाले एनबी बैंकका कर्मचारीलाई केहि भएपनि ठुलोराहत मिलेको छ।  

यहि मौकाछोपी एनबी बैंकको बोर्ड बैठकले एनबी बैंकका कर्मचारीलाई अहिलेसम्मकै झुर स्वेच्छिक अवकाश योजना समेत ल्याएको छ। तर अहिलेसम्म एनबी बैंकका उच्च तहका एक व्यक्ति र सहायक तहका एक जनाले गरि दुईजनाले मात्र भिआरएस लिनलाई आबेदन दिएका छन्। 

यस अघि: 

-निरिह बने एनबि बैंकका कर्मचारी, अहिलेसम्मकै 'झुर' स्वेच्छिक अवकाश योजना प्रस्ताव

के एनबि बैंकमा कर्मचारीको आन्दोलन तुहिएको हो ?
सीईओसँगको छलफल निष्कर्षविहिन: आन्दोलनको तयारीमा एनबि बैंकका कर्मचारी
- एनबी बैंकमा कर्मचारीले सीइओ घेरे: पाण्डेले नसकेपछि पूर्व सीईओले विवाद मिलाउदै
आजदेखि नेपाल बंगलादेश बैंकका कर्मचारी आन्दोलनमा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved