सिटिजन्स बैंकका ग्राहकले र्याडिसन होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच भएको समझदारी अनुसार सिटिजन्स बैंकका ग्राहकले र्याडिसन होटलमा छुट पाउने भएका हुन् ।
समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले लाजिम्पाटस्थित र्याडिसन होटल साथै सो होटल द्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवाहरुमा समेत विशेष छुट पाउने भएका हुन् ।
बैंकले हाल १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु सेवा प्रदान गर्दै आएको छ ।