थप ४ वटा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 12:08:24 PM मा प्रकाशित

laxmi  sunrise bank

थप ४ वटा वित्तीय संस्थाहरु आरटीजीएस प्रणालीमा आवद्द भएका छन् । आज जेठ ४ गतेदेखि  १ विकास बैंक र  ३ फाइनान्स कम्पनी गरि कुल ४ कम्पनी डाइरेक्ट पार्टीसीपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द भएका हुन्।

डाइरेक्ट पार्टीसीपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द हुनेमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, र समृद्धि फाइनान्स  रहेका छन् । 

 आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)  नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।  आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट हने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ ।  सर्वसाधारण ग्राहकको तर्फबाट प्राप्त भुक्तानी आदेशहरू बैंक तथा वित्तीय संस्थामा प्राप्त भएको ३० मिनेटभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved