लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकास सम्बन्धि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 06:10:59 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमत पत्रमा हस्ताक्षर भएको हो ।

पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा नबिलका सीईओ शाहले बाबुराम भट्टराई २०६८ सालमा प्रधानमन्त्री बनेको बेला अर्थात १० वर्ष अगाडि लगानी बोर्ड स्थापना गर्न भिजन बनाएको बताए । उनले लगानीकर्तालाई एउटै ठाउँबाट सबै सेवा दिन योजना बनाएर पनि बोर्ड बस्ने अफिस समेत नपाएको अनुभव पनि सुनाए । 

तर अहिले यही बोर्डसँग पूर्वाधार निर्माणको लागि सहकार्य गर्न पाउँदा खुशी लागेको साहले बताए । उनले लगानी बोर्डले १० वर्षमा २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानीको लागि स्वीकृति दिएको वपन बताएका छन् । बोर्डले मुख्य रुपमा जलविद्युत्मा गरेको लगानी सफल भएकाले अब नेपालमा विद्युत उत्पादन बढाएर उत्पादित विद्युत भारतमा १०० मेगावाट बेच्न सकेमात्रै पनि अर्थतन्त्रको मुहार फेरिने दाबी गरे । 

‘विगत ३७ वर्षदेखि काम गर्दै आएका छौं । लगानी बोर्डसँग सम्झौता गर्न पाउँदा खुशी छौँ । त्यो दिन जब सम्झन्छु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पहिलो कुरा भएको थियो । के गर्नु पर्ला साह ज्यु भन्नुभएको थियो । मलाई पनि बोर्डमा बस्न आग्रह गर्नुभयो । म बसेँ । त्यो बेलाको दिन सम्झन्छु । पहिलो बैठकमा पूरा मिटिङ अफिस कसरी स्थापना गर्ने भन्नेमा गएको थियो, सबैका विभिन्न आइडीयाहरु रहेका थिए । पछि हामीबीच कुरा गर्दा एउटा अफिस स्थापना गर्न यति गाह्रो छ । यो देशमा लगानी कसरी ल्याउँला भन्ने चिन्ता थियो त्यो बेलामा । १० वर्ष भन्दा बढीको अवधिमा बोर्डले जुन किसिमले काम गरेको छ, त्यसले अहिले अन्तराष्ट्रिय स्तरको लगानी बोर्ड रहेको छ । अहिले एउटा लक्ष्य लिएर हिडेका छौं लक्ष्यमा हामी पुग्छौं। पूर्वाधारमा लगानी नबिल बैंकले कुराले नभएर कामले गरेको छ । पूर्वाधार निर्माण गर्न टे«डिङ जस्तो आज ल्यायो भोलि बेच्यो पूर्वाधार निर्माण गर्न धैर्यता चाहिन्छ । नेपाललमा  उत्पादन भएको विद्युत १०० मेगावाट मात्रै भारतमा बेच्न सक्यौँ भने नेपालको अर्थतन्त्रको मुहार फेरिन्छ । धेरै समय लाग्दैन दक्षिण एशियामा धेरै डलरमा आम्दानी गर्न सक्छौं’ सीईओ शाहले भने । 

त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला पूर्वाधार निर्माण नै देशको आर्थिक सामाजिक विकासको लागि मुख्य फाउण्डेशन भएको बताएका छन् । 

‘देशको आर्थिक सामाजिक विकासको लागि ठूला पूर्वाधार भनेको एउटा फाउण्डेशन हो । लगानी बोर्डमा कार्यान्वयन तहमा पुगेको ४ वटा परियोजनाहरुको अनुमानित लागत ३ खर्बको रहेको छ । त्यो लगानी रियलाइज हुन्छ । समय भने कुर्नपर्छ । ठूला पूर्वाधार निर्माण गर्नको लागि विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ’ उनले भने । 

अधिकृत भट्टले लगानी बोर्डमा कार्यान्वयन तहमा पुगेको ४ वटा परियोजनाहरुको अनुमानित लागत ३ खर्बको रहेको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved