राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 11:45:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्यलाई नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई ५ वर्षको लागि संचालक नियुक्त गरेको हो ।

राष्ट्र बैंकका यस अघि संचालक श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि रिक्त रहेको उक्त पदमा सरकारले चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्यलाई नियुक्त गरेको हो । 

शिवाकोटी राष्ट्र बैंककै डेपुटी गभर्नर थिए । उनले २०७८ फागुन १८ गते डेपुटी गभर्नरबाट अवकाश पाएका हुन् । आचार्य नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन्। उनी राष्ट्र बैंकमा ३० वर्ष काम गरेपछि उनी अवकाश भएका थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved