काठमाण्डौमा नेपाल बैंकले थप्यो ४ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 09:14:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ । बैंकले टोखा न.पा. वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन न.पा. वडा नं.१ स्थित रानिवन चोकमा, का.म.पा. वडा नं. १३ को रिङ्गरोड सितापाईला चोकमा र             का.म.पा. वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यस सँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ ।

बैंकले २१७ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४८ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पूर्याईरहेको  छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved