फलफूल एवम् जडिबुटी उत्पादन तथा प्रशोधन गर्ने व्यवसायीले सस्तो दर मै ऋण पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 04:53:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले फलफूल एवम् जडिबुटी उत्पादन तथा प्रशोधन गर्ने व्यवसायीलाई राहत दिएको छ । यस्ता व्यवसायीलाई  आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्न राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो ब्यबस्था गरेको हो । यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने/भएका कर्जामा लागु हुने छैन । 

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ 'फलफूल एवम् जडिबुटी उत्पादनका लागि र/वा पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ । यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने/भएका कर्जामा लागु हुने छैन । ' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved