गत साता बैंकहरुको निक्षेप र कर्जा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 02:57:03 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता कमर्शियल बैंकहरुको निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ। जेठ ६ देखि जेठ १३ गतेसम्म कमर्शियल बैंकहरुको निक्षेप र कर्जा बढेको नेपाल बैंकर्स संघले जनाएको छ। 

बैंकर्स संघकाअनुसार यस अवधि वाणिज्य बैंकहरुको निक्षेप ६ अर्बले बढेको छ भने कर्जा लगानी ४ अर्बले बढेको छ। 

निक्षेप ६ अर्बले बढेर ४३ खर्ब ७७ अर्बबाट ४३ खर्ब ८३ अर्ब पुगेको छ भने कर्जा लगानी ४ अर्बले बढेर ४१ खर्ब ९४ अर्बबाट ४१ खर्ब ९८ अर्ब ९८  पुगेको छ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved