राष्ट्रिय वाणिज्य बैंकद्धारा सशस्त्र प्रहरीको लागि वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 05:55:06 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि मङ्गलबार काठमाडौंको हल्चोक स्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।  

कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल(छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ्ग तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएका थिए । त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पूँजीबजार सम्बन्धी प्रशिक्षण दिएका थिए ।

 गत बैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपाल बिच सशस्त्र प्रहरी बलका कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा  सम्झौता भएको थियो ।

कार्यक्रममा बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रदेशिक प्रबन्धक धु्रब अर्याल, स्वयम्भु शाखाका शाखा प्रबन्धक ज्ञानु सेढाई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved