बैंकहरुलाई गभर्नरको निर्देशन, 'मर्जरको छुट सधैलाई हुँदैन, असारभित्रै सम्झौता गर्नुहोस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 10:43:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मर्जर तथा प्राप्तिमा 'सिरियस' हुनलाई निर्देशनात्मक सुझाव दिएको छ। हिजो बिहिबार जेठ १९ गते कमर्शियल बैंकका अध्यक्ष र संचालकको बैठकमा राष्ट्र बैंकका गभर्नरले यस्तो निर्देशन दिएका हुन्। 

मर्जर तथा प्राप्तिमा जाने बैंक वित्तीय संस्थालाई संधैभरी छुट, सहुलियत र सुविधा दिन नसकिने बताउदै असार मसान्तभित्रनै यस बिषयमा निर्णय लिनलाई गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छन्। 

"गभर्नर महाप्रसाद अधिकारीले संधै छुट र सहुलियत 'लंग लाइफ' दिन सकिदैन, असार मसान्तभित्र नै मर्जर तथा प्राप्तिमा 'सिरियस' हुनुहोस् भन्नु भएको हो।" छलफलमा सहभागी एक कमर्शियल बैंकका अध्यक्षले भने, "सम्भवत उहाँ (गभर्नर) ले असार मसान्तभित्र नै सम्झौता गर्नलाई अप्रत्यक्ष निर्देशन दिनुभएको हो।"

राष्ट्र बैंकले कमर्शियल बैंकका अध्यक्ष र संचालकलाई छलफलको लागि डाकेको थियो। छलफलमा कमर्शियल बैंकका अध्यक्ष र अडिट कमिटिका संयोजक रहने संचालकको उपस्थिति थियो। 

हिजो बेलुका ४ बजे होटल र्याडिसनमा गभर्नर सहितको नेपाल राष्ट्र बैंकका प्रतिनिधिबीच भएको छलफल नियमित जस्तै भएको समेत एक बैंकका अध्यक्षले बिजपाटीलाई बताए। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved