कुमारी बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2022 | 06:48:28 PM मा प्रकाशित

laxmi sunrise bank

कुमारी बैंक लिमिटेड र पोखरा स्थित अन्नपूर्ण केबलकार बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा  एक् बाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। सो सम्झौता पत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलज्यूले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक  दिनेश पौडेलज्यूले हस्ताक्षर गरेका छन् । 

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved