नेपाल बंगलादेश बैंकका कर्मचारीलाई जागिर छाड्न बाध्य पारिँदै, पठाईयो धम्कीपूर्ण 'चिठी'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 11:30:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकसँग प्राप्ति प्रकृयामा रहेको नेपाल बंगलादेश बैंकका कर्मचारीलाई जागिर छाड्न बाध्य पारिएको पाइएको छ। स्वेच्छिक अवकाशको नाममा बैंकका कर्मचारीहरुलाई जागिर छाड्न बाध्य पारिएको हो। 

स्वेच्छिक अवकाशको लागि गरिएको पटक पटकको प्रस्तावले काम नगरेपछि एनबि बैंकको उच्च व्यवस्थापनले जागिर छाड्नलाई सर्कुलर 'चिठी' नै पठाएको हो। 

यस पटकको स्वेच्छिक अवकाशको प्रस्ताव पनि अस्विकार भए अस्विकार गर्नेलाई काठमाण्डौ बाहिरका दुर दराजका शाखामा पठाईदिने भन्दै बैंक उच्च व्यवस्थापनले धम्कीपूर्ण संदेश सहितको सर्कुलर कर्मचारीहरुलाई पठाएको छ। 

यति मात्र नभई अहिले स्वेच्छिक अवकाश रोजेर जागिर नछाडे भोलिका दिनमा उनीहरुलाई स्वेच्छिक अवकाश रोज्दा दिईने सेवा सुविधा पनि नदिईने सर्कुलरमा उल्लेख छ।

नबिल बैंकमा गाभिए पश्चात अहिले नेपाल बंगलादेश बैंकमा उच्च व्यवस्थापनमा रहेका केहि कर्मचारीलाई समायोजन गर्नलाई ठाउँ नै नभएको भन्दै उनीहरुलाई स्वेच्छिक अवकाश योजना रोज्नलाई अन्तिम मौका दिईएको सर्कुलरमा उल्लेख छ।  

मर्जर कमिटिमा रहेका एनबि बैंकका तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगानाको आदेशमा बैंकका बहालवाला कायम मुकायम सीईओ भुपेन्द्र पाण्डेले यस्तो सर्कुलर जारी गरेको बैंकका कर्मचारीले बिजपाटीलाई जानकारी दिएका छन्। 

ढुंगानाले सीईओकै हैसियतमा बैंक पुगेर तोकिएका कर्मचारीहरुलाई स्वेच्छिक अवकाश लिएर जागिर छाड्नलाई पटक पटक दबाब दिईरहेको र यस्तो दबाबले पनि काम नगरेपछि सर्कुलर नै जारी गरिएको बताइएको छ। 

१०९ जना कर्मचारीलाई लक्षित गरेर स्वेच्छिक अवकाशको योजना ल्याईएपनि झन्डै ४५ जनाले मात्रै यो योजना रोजेकाले एनबि बैंकले पटक पटक स्वेच्छिक अवकाश रोज्न पाइने म्याद थप गरेको हो।

बैंकका उच्च व्यवस्थापनका केहि कर्मचारी र सहायक तहका कर्मचारीलाई लक्षित गरि स्वेच्छिक अवकाश योजना ल्याईएपनि भनेअनुसार कर्मचारीहरुले जागिर छाड्न नमानेपछि बैंकले अन्तिम अश्त्रको रुपमा धम्कीपूर्ण सर्कुलर जारी गरेको हो। 

यस अघि: 

एनबि बैंकले दिएको 'भिआरएस' योजनामा असन्तुष्टि, संघका नेताहरुनै बिकेको कर्मचारीको आरोप

-एनबी बैंकलाई गाभ्ने प्रकृया अगाडी नबढाउन सर्वोच्चको आदेश, कर्मचारीलाई ठुलो राहत

-निरिह बने एनबि बैंकका कर्मचारी, अहिलेसम्मकै 'झुर' स्वेच्छिक अवकाश योजना प्रस्ताव

के एनबि बैंकमा कर्मचारीको आन्दोलन तुहिएको हो ?

- सीईओसँगको छलफल निष्कर्षविहिन: आन्दोलनको तयारीमा एनबि बैंकका कर्मचारी

एनबी बैंकमा कर्मचारीले सीइओ घेरे: पाण्डेले नसकेपछि पूर्व सीईओले विवाद मिलाउदै

आजदेखि नेपाल बंगलादेश बैंकका कर्मचारी आन्दोलनमा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved