इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच शुक्रबार मर्जर सम्झौता, चुक्ता पुँजी ३२ अर्ब पुग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 04:53:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच शुक्रबार मर्जर सम्झौता हुने भएको छ । शुक्रबारको शेयर कारोबार बन्द भएपछि २ बैंकबीच मर्जर सम्झौता हुन लागेको हो 

मेगा बैंकका एक संचालकले शुक्रबार मर्जर सम्झौता हुने पुष्टि गरेका छन् । उनका अनुसार मर्जर पछि बन्ने बैंकको नाम, बैंकको अध्यक्ष , बैंकको सीइओ र प्रारम्भिक स्वाप पनि तय भईसकेको छ 

हालसम्मको सहमति अनुसार मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । 

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved