
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ। ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।
ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्ए.म्ए.स्द्वा.रा पाएको कोडबाट आफ्नो डेबिट केडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नु पर्ने छ। ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो । सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११७ वटा ए.टि.एम् संचालनमा रहेका छन्।