ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 02:43:49 PM मा प्रकाशित

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराएको र शिविरमा १५० जना भन्दा बढि महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित भएको बैंकले जनाएको छ। 

उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved