बैंक अफ काठमाण्डू लिमिटेडको बागमती प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 08:56:19 PM मा प्रकाशित

बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण ग्हराहकरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका बागमती प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानीक गरेको थियो । साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३%को वार्षिक ब्याजदर सहित थुप्रै आर्कषक विशेषताहरु समावेश गरी ग्राहक महानुभावहरुको फाईदालाई ध्यानमा राखी सार्वजनीक गरेको हो । 

बैंकको बागमती प्रदेश अन्र्तगतका जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोगवुं, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साखुं, न्यूरोड, नक्साल, नयाँ बनोश्वर, पुरानो बानेश्वर, चावहिल, महाराजगंज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथ लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन । 

बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved