राष्ट्र बैंकले बैंकका सीईओहरुलाई छलफलमा बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 10:53:26 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि डाकेको छ। राष्ट्र बैंकले आज दिनको ३ बजे सबै कमर्शियल बैका सीईओहरुलाई छलफलको लागि डाकेको नेपाल बैंकर्स संघले जनाएको छ। 

बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायकाअनुसार आज दिनको ३ बजे छलफलको लागि डाकिएको हो। कुन बिषयमा भन्ने बारे अहिल्यै थाहा नभएको उनले बिजपाटीसँगको कुराकानीमा बताए। 

मौद्रिक नीति लेखनको तयारीमा रहेको राष्ट्र बैंकले नीतिगत छलफलका लागि सीईओहरुलाई डाकेको हुन सक्ने बताइएको छ। 

यद्दपी आजको छलफलमा गभर्नर महाप्रसाद अधिकारीको उपस्थिति भने हुनेछैन।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved