बैंकहरुको कार्यालय समय हेरफेर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 03:30:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकहरुमा लागु हुने कार्यालय समय तय गरेको छ  । सरकारले असार १ गतेदेखि लागु हुने गरि आइतबारको सार्वजनिक विदा खारेज गरेसंगै राष्ट्र बैंकले बैंकहरुको नयाँ कार्यालय समय निर्धारण गरेको हो । 

अब राष्ट्र बैंकले २०७८ चैत्र ६ गते कायम गरेको कार्यालय समय लागु हुने छ ।  जस अनुसार २०७९ असार १ गतेदेखि २०७९ कार्तिक १५ गतेसम्म तथा २०७९ माघ १६ गतेदेखि २०७९ चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० वजेसम्म कार्यालय समय कायम हुने छ। त्यस्तै २०७९ कार्तिक १६ गतेदेखि २०७९ माघ १५ गतेसम्म विहान १०:०० वजेदेखि अपरान्ह ४:०० वजेसम्म कार्यालय समय कायम गरिएको छ । प्रत्येक शुक्रवार विहान १०:०० वजेदेखि अपरान्ह १:३० वजेसम्म कार्यालय समय कायम गरिएको छ ।

बैंकिङ कारोबार समय भने २०७९ असार १ गतेदेखि २०७९ कार्तिक १५ गतेसम्म तथा २०७९ माघ १६ गतेदेखि २०७९ चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० वजेसम्म कायम गरिएको छ। २०७९ कार्तिक १६ गतेदेखि २०७९ माघ १५ गतेसम्म बैंकिङ कारोबार समय विहान १०:०० वजेदेखि अपरान्ह ३:०० वजेसम्म कायम गरिएको छ ।

 प्रदेश सरकारले आ-आफनो प्रदेशमा घोषणा गरेको सार्वजनिक विदाका दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने छ ।

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved