राष्ट्र बैंक र वाणिज्य बैंकका सीईओहरुबीचको छलफलमा के के भयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 07:16:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक र कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीचको छलफल आज सम्पन्न भएको छ। सुपरिवेक्षणमा केन्द्रित छलफलमा आफुहरु कुनै पनि कुरामा सम्झौता नगर्ने संदेश नेपाल राष्ट्र बैंकले दिएको छ। 

बैंकिंङ प्रणालीमा तरलता अभाव भएको बेला राष्ट्र बैंकले मौद्रिक नीति मार्फत केहि रिल्याक्सैसन दिन्छ भन्ने अपेक्षा विपरित कुनै पनि कुरामा छुट नदिने संदेश नेपाल राष्ट्र बैंकले दिएको छलफलमा सहभागी एक बैकंका सीईओले बिजपाटीलाई बताए । 

उनकाअनुसार सिडी रेसियो, क्यापिटल एडुकेशी रेसियो, जोखिम भार, जस्ता कुनै पनि बिषयमा रिल्याक्सेसन नदिने संकेत राष्ट्र बैंकले दिएको छ। नियामकीय निर्देशन पालना गर्नलाई तयार अवस्थामा रहनलाई निर्देशन दिईएको छ। 

आफुहरुले दिएको निर्देशन पालना नगर्ने बैकंहरुलाई कानुन बमोजिम कडा कारबाही गरिने समेत छलफलमा राष्ट्र बैंकका अधिकारीहरुले बैकका सीईओहरुलाई चेतावनी दिएका छन्। 

अहिले बैंकहरुले आफ्ना ग्राहकहरुलाई दिंदै आएको पुनर्कर्जा र वर्किङ क्यापिटल कर्जाको सुविधा पनि कटौती गर्दै लैजाने आफुहरुको रणनीति भएकाले रिकभरीको पैसाबाट मात्र थप कर्जा दिनलाई निदेशन दिईएको छ। 

कुनै पनि कुरामा सम्झौता नगर्ने संदेशले राष्ट्र बैंकको निर्देशनको पालना गर्नलाई मात्र बैंकहरुलाई असार मसान्तसम्म ३०० अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले थप कर्जा र तरलता सहजताको अपेक्षा गर्न नहुने छलफलमा सहभागी ती बैंकका सीईओको भनाई छ।    

यतिमात्र नभई प्रोभिजन गर्ने कुरामा पनि कडा कदम चाल्न सक्ने संदेश राष्ट्र बैंकले दिएकाले बजेट र मौद्रिक नीतिको सम्बन्ध ठिक बिपरित हुन सक्ने ति बैंकका सीईओंको अनुमान छ। 

छलफलमा नेपाल राष्ट्र बैंकको तर्फबाट दुवै जना डेपुटी गभर्नर बम बहादुर मिश्र र निलम ढुंगानाको साथमा कार्यकारी निर्देशहरु डा. गुणाकर भट्ट , देब कुमार ढकाल,  रामु पौडेल र गुरु प्रसाद पौडेलको सहभागिता थियो भने बैंकहरुको तर्फबाट करिब सबै बैंकका सीईओहरुको उपस्तिथी थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved