सिद्धार्थ बैंकले ल्यायो अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 09:26:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकहरुले बैंकको वेबसाइटमा गई (EasyBank > Demat Services > Demat Account) वा सोझै "https://onlinedemat.siddharthacapital.com/" मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्ने छन्। ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोशेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्ने छन्।

ग्राहकहरुले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ । डिम्याट खाता खोलीसके पश्चात् ग्राहक महानुभावहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिन भित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइने बैंकले जनाएको छ ।

ग्राहकहरुले परिचय खुल्ने कागजातहरू सहित स्वयं उपस्थित भए पश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ । साथै, ग्राहक महानुभावहरुले मेरोशेयर र सीआरएनको लागि आवेदन दिएक छन् भने मेरोशेयर र सीआरएनको प्रक्रिया अघि बढाई ग्राहक हरुलाई आवश्यक विवरणहरु इमेल मार्फत प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले ल्याएको अनलाईन मार्फत डिम्याट खाताका लागि आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved