दमौलीको मासु बजारमा बिओकेको क्युआर कोड सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 09:47:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू लिमिटेडले दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी (क्युआर कोड) सेवाको सुरुवात गरेको छ । बैंकले आफ्नो डिजिटल कारोबार विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित उक्त मासु बजारमा डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ ।

तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीले संयुक्त रुपमा क्युआर कोड सेवाको उद्घाटन गरेका हुन्। तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भईरहेको छ ।  

 हालसम्म बैंकले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved