राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्रमा आवेदन दिने म्याद थपियो, १२.५० प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 08:45:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रमा आवेदन दिने म्याद थप गरेको छ । राष्ट्र बैंकले जेठ १८ गतेदेखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रि खुला गरेको छ 

राष्ट्र बैंकले जेठ ३१ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरेकोमा अब समय थप गरि असार ७ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरेको छ 

५ वर्षे अवधिको यस बचतपत्रको नाम 'वैदेशिक नागरिक बचतपत्र २०८४' रहेको छ । यस बचतपत्र राष्ट्रबैंकले अर्ध वार्षिक रुपमा भुक्तानी हुने गरि वार्षिक १२.५० प्रतिशतको दरले ब्याज प्रदान गर्ने छ  ब्याज आयमा कर भने लाग्ने छ  

यस बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा रु. दश हजारले भाग गर्दा नि:शेष भाग जाने गरी हुने आउने रकमको लागि आवेदन दिन सकिने छ । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर-आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरीद गर्न सक्ने छन्। यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिने छ।

कसरी दिने आवेदन ?

इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नको लागि राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणालीमार्फत् आवेदन पेश गर्न सक्ने ब्यवस्था गरिएको छ । मिति २०७९ जेठ १८ गतेदेखि URL/Link: https://obss.nrb.org.np/saving/ मा राखिएको अनलाइन आवेदन प्रक्रियाअनुसार बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् भर्न सकिने व्यवस्था गरिएको छ । यसका अतिरिक्त राष्ट्र बैंकको वेबसाईट www.nrb.org.np/Monetary Management बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफलाई पायक पर्ने बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुको सहयोग लिई अनलाईन आवेदन भर्न सकिने व्यवस्था समेत गरिएको छ । इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नको लागि यस बैंकको वेबसाइट www.nrb.org.np अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणालीमार्फत् आवेदन पेश गर्न सक्ने ब्यवस्था गरिएको छ । मिति २०७९ जेठ १८ गतेदेखि URL/Link: https://obss.nrb.org.np/saving/ मा राखिएको अनलाइन आवेदन प्रक्रियाअनुसार बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् भर्न सकिने व्यवस्था गरिएको छ । यसका अतिरिक्त यस बैंकको वेबसाईट www.nrb.org.np/Monetary Management बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफलाई पायक पर्ने यस बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुको सहयोग लिई अनलाईन आवेदन भर्न सकिने व्यवस्था समेत गरिएको छ । यस बैंकबाट इजाजतपत्र प्राप्त बिक्री एजेन्टहरुको सूची यस बैंकको वेबसाईट https://www.nrb.org.np मा Monetary Management मा तथा यसै सूचनासँगै राखिएको छ। बैंकबाट इजाजतपत्र प्राप्त बिक्री एजेन्टहरुको सूची यस बैंकको वेबसाईट https://www.nrb.org.np मा Monetary Management मा राखिएको छ। बिक्री एजेण्टका स्वदेश तथा विदेशस्थित कार्यालयमा फारम बुझाउन सकिने छ ।

के के चाहिन्छ कागजात ?

राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर । परिवारका सदस्यको नाममा खरीद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात । नावालकको नाममा संरक्षक भइ खरीद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र । सो कागजातहरुको स्वप्रमाणित प्रतिलिपि https://obss.nrb.org.np/saving/ मा अनिवार्य रुपमा upload गर्नुपर्ने वा बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुमा पेश गरी OBSS सिस्टममा upload गर्नु पर्छ।

बचतपत्र खरीदको लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको ब्याज रकम तोकिएको ब्याजदरमा भुक्तानी दिइने छ। बचतपत्रको किसिम अन्तर्गत स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र खरीद गर्न सकिने छ । स्टक वा प्रमिशरी नोटमध्ये आफुले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने छ। नखुलाइएको  अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने छ। रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रकम बिना ब्याज निष्काशन मिति पश्चात ७ दिनभित्र फिर्ता गरिने छ।

यसबारे थप जानकारी लिन, एजेन्टहरुकोनाम र सम्पर्क नम्बर हेर्न , र एजेन्टहरुको ठेगाना हेर्न यहाँ क्लिक गर्नु होला ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved