सेञ्चुरी बैंकका ग्राहकलाई अलफ्ट होटेलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 09:39:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी बैंकका ग्राहकले अलफ्ट होटेलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटेलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट काठमाण्डौं, ठमेलको ल्ययप, Nook, WXYZ  Re:Fuel मा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर  गरेका छन्।

बैंकले १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved