कुमारी बैंकका ग्राहकलाई ड्रिम इन्टरन्यासनल होटेलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 08:25:49 PM मा प्रकाशित

कुमारी बैंक र बुटवलस्थित ड्रिम होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख  नवीन मुनि बज्राचार्य तथा ड्रिमल्याण्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक  राजेन्द्र पौडेलले हस्ताक्षर गरेका छन्। 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा १५%, खानपानमा १०% र बेभरेज १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved