नबिल बैंकका ग्राहकलाई कतार एयरवेजमा यात्रा गर्दा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 05:26:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड  प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ  । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुने गरि हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट मिति २०७९।०३।१७ गते देखी लागु हुनेछ ।

सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर  मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर  सारिक बोगटीले हस्ताक्षर गरेका छन् ।

 यस साझेदरी अन्तर्गत बिजनेश तथा इकोनोमी क्लास हवाई टिकटमा उत्त १०∞ छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्नेहुन्छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved