नेपाल बैंकको सञ्चालकमा केदारनाथ शर्मा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 05:39:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको सञ्चालक समितिमा केदारनाथ शर्मा नियुक्त भएका छन् । बैंकमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक सदस्य रितेश कुमार शाक्यको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा मनोनयन भएका हुन्।

उनले आज  सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। कार्यक्रममा सञ्चालक समिति अध्यक्ष अर्यालले सार्वजनिक प्रसाशन तथा व्यवस्थापनमा लामो अनुभव हासिल गरेका सञ्चालक पाएकोमा खुसी व्यक्त गर्दै सञ्चालक शर्मालाई बैंकको सञ्चालक समितिमा स्वागत गरेका छन्।

साथै, सञ्चालक सदस्यबाट बिदा भएर जान लागेका रितेश कुमार शाक्यले आफ्नो कार्यकालमा बैंकको सञ्चालक समितिमा रहेर पुयाएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गरेका चना। नवनियुक्त सञ्चालक सदस्य केदारनाथ शर्माले नेपालको पहिलो बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा बैंकको सर्वोपरी हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved