प्रभु बैंकका ग्राहकलाई दि क्लिफमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 08:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रभु बैंकका ग्राहकले पर्वतको कुश्मा स्थित दि क्लिफ प्रा.लिमा छुट पाउने भएका छन् ।   छुट प्रदान गर्ने सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी  शांन्ती शेरचन र दि क्लिफ प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले दि क्लिफ प्रा.लि.द्धारा सञ्चालित स्काई साइक्लिङ्ग, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा यी ६ गतिविधि (स्काई चियर्, विइसीङ ह्याण्ड, हर्स राइडिङ, क्रेज ब्रिड्ज, जाइन्ट पिङ्ग, तथा फ्यामिली पिङ्ग) मध्य कुनै एक गतिविधिमा निस्शुल्क सेवा प्राप्त हुने भएको छ ।

सम्झौता अन्तर्गत दि क्लिफ प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दि क्लिफ प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved