८ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न पुग्ने पैसा नै छैन : भुवन दाहाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 02:40:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले ८ प्रतिशतको आर्थिक वृद्धि गर्नको लागि आवश्यक पर्ने पैसा प्रणाली मै नभएको बताएका छन् । आगामी मौद्रिक नीति विषयक अन्तरक्रिया कार्यक्रममा दाहालले आगामी आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको तर त्यसको लागि स्रोत भने नभएको बताएका हुन् ।

उनले ८ प्रतिशत आर्थिक वृद्धि हँसिल गर्न कम्तिमा २० देखि २५ प्रतिशत कर्जा प्रवाह बढ्नु पर्ने तर त्यसको लागि स्रोत नै नभएकोले आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न कठिन हुने बताए । उनले भने ' म अर्थ मन्त्रालयलाई शुभकामना दिन चाहन्छु यो लक्ष्य पुरा होस् भनेर, तर स्रोतको अभाव छ'।

 उनले बैंक तथा वित्तीय संस्था मर्ज हुँदा ठूला र राम्रा भएका छन् कि छैनन् भन्ने अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् । उनले बैंकहरु मर्जपछि ठूला मात्र भए कि राम्रा पनि भए अध्ययन गर्न सुझाव दिएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै नै घटिसकेकोले अब मर्जमा धेरै दबाब दिन नहुने बताएका छन् । उनले निश्चित मापदण्ड तोकेर सो पुरा हुन नसक्ने अवस्थामा मात्र बैंकहरु मर्जमा जानु पर्ने ब्यबस्था गर्नु ठिक हुने बताए । तर राष्ट्र बैंकको सबै नियमकीय ब्यबस्था पालना भएको छ भने सानै बैंक पनि रहनु पर्ने बताए ।

त्यस्तै उनले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन पनि सुझाव दिएका छन् । यदि बैंकले नै सबै तिर हात हाल्ने होइन भन्ने लाग्छ भने त्यसको लागि शेयरधनीको स्वामित्व फरक फरक राख्न उनले सुझाव दिएका छन् । बैंकहरु गाउँ गाउँमा पुगेको अवस्थामा त्यसको लाभ लिनु पर्न  उनको भनाई छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved