ग्लोबल आइएमई बैंकका ग्राहकलाई आफ्नो रोजाइको डिजाइनमा डेबिट कार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 12:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना अन्तर्गत यो सुविधा ल्याएको हो ।

बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था बनेको छ । बैंकका अनुसार यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ । कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफुलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् । ग्राहकहरुसंग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरु समेत उपलब्ध हुनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना सार्वजनिक गरेको हो । यस्ता नवीनतम प्रविधिहरुको प्रयाग गर्दै बैंकले समय सापेक्षता अनुरुप ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

बैंकले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved