विदेशबाट पठाएको पैसा कुमारी बैंकको कार्डमा आउने, ५०० रुपियाँ प्रोत्साहन पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 01:11:20 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ। बैंकले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा यो सुविधा ल्याएको हो ।

बैंकका अनुसार विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल/ईन्टरनेट बैंकिङ्ग वा VISA Card तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् । विदेशबाट भिसा डाईरेक्ट (VISA Direct) मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले व्यक्त गरे ।

उनका अनुसार फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी VISA डेबिट/क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्ने छन् । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस प्रणाली मार्फत गरिएका प्रत्येक रु. १५,०००/- भन्दा बढीको VISA Direct कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम रु. ५००/प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४४ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved