सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा त्रियुगा नगरपालिकामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 09:15:10 PM मा प्रकाशित

ntc

सिटिजन्स बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ०७ तोरीबारीमा  ९५ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्राभरम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । 

बैंकका अनुसार यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

बैंकले १७५ वटा शाखा, १२७ वटा ए.टि.एम. र ९५ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved