एनबि बैंकका कर्मचारिहरुलाई पाकिस्तानिको संज्ञा दिने नविलको कर्मचारिसंघलाई चेतावनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 10:47:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आफुहरुलाई पाकिस्तानीको संज्ञा दिईएको भन्दै नबिल बैकको कर्मचारी संघलाई नेपाल बंगलादेश बैंकमा कार्यरत कर्मचारीहरुले चेतावनी दिएका छन्। आफुहरुले आफ्नो आङकाे भैसि नदेख्ने तर अरुलाई पाकिस्तानीको संज्ञा दिएको भन्दै एनबीका कर्मचारीले नबिलको कर्मचारी संघलाई चेतावनी दिएका हुन्। 

नबिल बैंकको कर्मचारी संघले बिज्ञप्ती नै जारी गरेर एनबीका कर्मचारीलाई यति ठुलो आरोप लगाउँदा पनि आफ्नो कर्मचारी संघ मौन बसेको भन्दै एनबीका कर्मचारी संघका एक सदस्यले यस्तो पत्र लेखेका हुन्। 

आफ्नो नाम नलेख्ने सर्तमा उनले बिजपाटीलाई उक्त पत्र पठाएका हुन्। पत्रमा उनले नबिल बैंकका कर्मचारी संघलाई आफुहरुलाई लगाइएको आरोपको खण्डन गर्दै त्यसको चर्को बिरोध गरेका छन्। 

उनले पठाएको पत्र, जस्ताको त्यस्तै   

आफ्नाे आङकाे भैसि नदेख्ने, अरुकाे आङकाे जुम्रादेख्ने बानि परिसकेका नविल बैक कर्मचारि संघका पदाधिकारिहरुलाई भ्रष्टचारिकाे सज्ञा दिदै भ्रष्टाचारमा लिप्त र बैंक व्वस्थापनकाे कठपुतलि रहेकाे भनि कडा आलाेचना गरिएकाे छ ।

कर्मचारि संघका पदाधिकारिहरु स्वंयम नै बैककाे आर्थिक अनिमियततामा संलग्नरहेकाे र साे गरेबापत बैक व्यवस्थापनले कारबाहि गर्नुका खाँतिर पदाेन्नति गरेकाे कुरा निजि क्षेत्रका बैकमा काम गर्ने कर्मचारिहरुले घाम जस्तै छर्लङ्गै देखिसकेका छन । बैकिङ्ग कसुर तथा सजाय ऐन अनुसार  कारबाहि नगर्दा निजहरुकाे मनाेवल उच्च रहेकाे जगजाहेर नै छ । 

आफुलाई निजि क्षेत्रका बाणिज्य बैक भन्दा अब्बल दर्जाकाे ठान्ने संघले कर्मचारिहरुकाे हकहित भन्दा आफ्नाे निजि स्वार्थ पुरा गरेका उदाहरण मध्ये गत सालकाे सामुहिक साैदाबाजिकाे सहमति र सामाजिक सुरक्षा काेषका विरुद्ध कर्मचारिहरुबाट र अन्य बैक तथा वित्तिय संस्थाबाट उठाईएकाे रकमकाे हिसावकाे पारदर्शिताले स्पष्ट पारिसकेकाे छ ।

बास्तवमा भन्नुपर्दा नविल बैकले जापनिज जस्ता जनशक्तिहरु उत्पादन गरेकाे जगजाहेर नै छ । तर तेसकै चम्चा बनेका कर्मचारि संघका पदाधिकारिहरुकाे ग्रैह्रजिम्मेवार अभिब्यक्तिले कर्मचारि संघ बैक व्यवस्थापनकाे कठपुतलि रहेकाे र भ्रष्टाचारमा लिप्तरहेकाे देखिएकाे छ । 

मर्जर भएर आउने संस्थाका कर्मचारिहरुसंग हातेमालाे गर्दै अघि बढ्दै उच्च मनाेवल राख्नुकाे खाँतिर पाकिस्तानिकाे संज्ञादिदै अपमानजनक र मान प्रतिष्ठानमा आँच आउने खालका अभिब्यक्तिदिने कर्मचारिसंघका पदाधिकारिहरुलाई मर्जर भएर भाेलिकादिनमा संगै काम गर्दा चुनाैतिदिने चेतावनि सहित नेपाल बंगलादेश बैककाे कर्मचारि संगठन अझै शशक्तरुपले अगाडि बढ्नेकुरा यसै विज्ञप्ति मार्फत जानकारि  गराउदछाै । धन्यवाद 

पाकिस्तानि जनशक्तिकाे संज्ञादिने, नालायक कर्मचारि संघ मुर्दावाद !

नेपाल बंगलादेश बैकमा कार्यरत सम्पुर्ण कर्मचारि एकता जिन्दावाद !!

बंगलादेश बैक कर्मचारि  एक हाै 

आफ्नाे हक अधिकारकाेलागि शशक्तरुपले अघि बढाै ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved