सिटिजन्स बैंकका ग्राहकलाई अलफ्ट होटेलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 05:03:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले काठमाडौँको ठमेल स्थित अलफ्ट होटेलमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र अलफ्ट होटेलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफि सप र एक्वा बारमा १०% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।  

बैंकले १७५ वटा शाखा, १२७ वटा ए.टि.एम. र ९५ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved