सनराइज बैंकद्वारा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 09:15:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दिबासको श्री जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्र्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विद्यार्र्थीहरुलाई स्कूल ब्याग लगायतका विविध शैक्षिक सामाग्रीहरु बितरण गरेको हो।

बैंकको मधेश प्रदेश प्रमुख  दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्ग बहादुर सिंहले सामाग्रीहरु संयुक्त रुपमा वितरण गरेका हुन् ।

बिद्यार्थीहरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले  जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved