
एन आई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित मोरङ्ग जिल्लाको विराटनगर शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण शुरु गरेको छ । बैंकले उक्त ठाउँमा ४०० वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा क्यूआर कोड वितरण गरेको हो ।
प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका ४०० भन्दा वढि इ–रिक्सा सदस्यहरुलाई उक्त क्यूआर भुक्तानी सेवा वितरण गरको जनाएका छन् । यसरी क्यूआर कोड सेवा लिन बैंककोे सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकहरुलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निमित्त रु. १० लाख रकम बराबरको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ ।
‘क्यूआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भने, ‘साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवा प्रदायकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यलाई मलम लगाउन समेत ठूलो सहयोग मिल्नेछ । क्यूआर वितरण कार्यक्रममा बोल्दै विराटनगर उप–प्रादेशिक प्रमुख दिवाकर भट्टराईले यसरी क्यूआर कोडबाट डिजिटल भुक्तानी लिई बैंकमा बचत गर्दा आम्दानीको उचित सदुपयोग हुने बताए ।
बैंकले थालेको क्यूआर कोड वितरण अभियानले विराटनगर क्षेत्रमा रहेका यातायात सेवाहरुमा डिजिटल कारोबार गर्दा नगद कारोबारमा जस्तो खुद्रा रकमको जोहो गर्न नपर्ने हुँदा यसबाट सवारी साधन प्रयोगकर्ता एवं सेवा प्रदायकलाई खुद्रा रकमको झन्झटबाट समेत मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।
बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउदै देशका हरेक क्षेत्रमा बढी भन्दा बढी क्यूआर भुक्तानी सेवा वितरण गर्ने तयारी गरेकोमा प्रदेश १ का विरटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका क्षेत्रमा २५०० वटा भन्दा बढी क्यूआर कोड वितरण गर्ने तयारी गरिरहेको छ ।
बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित उत्तरदायी बैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको छ ।