बैंकका सीइओहरु पोखरा जाँदै, गभर्नर र डेपुटी गभर्नरलाई पनि निमन्त्रणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 01:04:22 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले पोखरामा विशेष कार्यक्रम गर्ने भएको छ । संघले आगामी शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरहरुको सहभागितामा छलफल गर्न लागेको हो ।

छलफलमा सबै बैंकका सीइओ रहने छन् । त्यस्तै संघले राष्ट्र बैंकका गभर्नर र दुवै डेपुटी गभर्नरहरुलाई आमन्त्रण गरेपनि को को आउने छन् भन्ने यकिन भैनसकेको एक बैंकका सीइओले बिजपाटीलाई बताए ।

 मुख्यत: आगामी मौद्रिक नीति बारे छलफल गर्ने र मौद्रिक नीतिको लागि संघका तर्फबाट राष्ट्र बैंकलाई सुझाव दिनको लागि कार्यक्रम आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जनाएका छन्।

उनकाअनुसार उक्त कार्यक्रम बिशेषगरि आगामी आर्थिक बर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति केन्द्रित हुनेछ। बैंकहरुले वर्तमान अवस्थामा कस्तो मौद्रिक नीतिको अपेक्षा गरेका छन् भन्ने कुरा उक्त कार्यक्रममा जानकारी गराइनेछ। 

त्यस्तै उक्त कार्यक्रममा डीजीटल करेन्सीबारे सिभिल बैंकका सीईओ सुनिल पोखरेलले प्रस्तुतिकरण दिने छन्। राष्ट्र बैंकले निकट भविष्यमा डीजीटल करेन्सी संचालन गर्ने तयारी गरिरहेको छ। यसै सन्दर्भमा सीईओ पोखरेलले अरु देशको अनुभव तथा अभ्यास सहितको प्रस्तुतिकरण दिने भएका हुन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved