नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नको लागि पायो अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 03:48:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ  । राष्ट्र बैंकले आज बुधबार दुवै बैंकलाई गाभ्ने गाभिने प्रयोजनको लागि अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेसंगै अब कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति पाएपछि एकिकृत कारोबारको लागि बाटो खुल्ने छ। दुवै बैंकको जेठ ७ गते सम्पन्न विशेष साधारणसभाले गाभ्ने गाभिने निर्णय गरेको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई  १००ः४३ को स्वापमा गाभ्न लागेको हो ।  जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूंजी  २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ। 

त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब पुग्नेछ। प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved