मेगा बैंकले पनि तोक्यो आश्वा शुल्क, अब ३ बैंकबाट मात्र निशुल्क आईपिओ भर्न पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 12:08:24 PM मा प्रकाशित

ntc

अब मेगा बैंकबाट आईपिओ भर्दा पनि शुल्क लाग्ने भएको छ। यस अघिसम्म बैंकले निशुल्क सीआश्वा सेवा दिदै आएकोमा अब भने बैंकले आश्वा शुल्क लिने भएको हो ।  

बैंकले असार ३ गतेको निर्णय अनुसार अबदेखि २५ रुपैयाँ आस्वा सेवा शुल्क लाग्ने जनाएको छ । यस संगै मेगाको खाता बाट पैसा काट्ने गरि आईपिओ भर्दा २५ रुपैयाँ शुल्क लाग्ने छ ।   सशुल्क आस्वा सेवाबाट ग्राहकवर्गले पाउने सेवा पनि अझ उत्कृष्ट हुने बैंकले जनाएको छ ।

यस संगै अब निशुल्क सीआश्वा सेवा दिने वाणिज्य बैंकको संख्या ३ वटा मात्र बाँकि रहेको छ । नबिल बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले हालसम्म निशुल्क सीआश्वा सेवा दिदै आएका छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved