टेलिकमको नेटवर्कमा एनआईसी एशियाको डिजिटल बैंकिङ सेवा निःशुल्क चलाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 06:57:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited को मोबाइल बैंकिङ्ग एप, वेवसाइट, आई सर्भिस तथा इनटरनेट बैंकिङ सेवा नेपाल टेलिकमको नेटवर्कमा निशुल्क चलाउन सकिने भएको छ । 

यस सुविधा मार्फत एनआईसीका ग्राहकले टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, वेवसाइट, आई सर्भिस तथा इनटरनेट बैंकिङ सेवा निःशुल्क प्रयोग गर्न सक्ने भएका हुन् ।

साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि यी सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।  

एनआईसी एशिया बैंकले हाल ३५९ शाखा, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved