सबै थ्योरी एकैपटक लागू गर्नुपर्छ कि जस्तो अवस्था सिर्जना भएको छ: गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 11:37:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सकेसम्म असार महिना मै मौद्रिक नीति ल्याऊने बताएका छन्। मौद्रिक नीतिको लागि सुझव संकलन कार्यक्रममा  उनले सकेसम्म असार महिना मै र नसके साउनको पहिलो सातासम्म  मौद्रिक नीति ल्याउने बताएका हुन् ।

उनले अर्थतन्त्रलाई निकास दिने हिसाबले मौद्रिक नीति आउने र सोहि अनुसारको सुझाव दिन आग्रह गरेका छन् । उनले अर्थतन्त्रको अवस्था हेर्दा संसारका सबै अर्थशास्त्रीले निकालेको थ्योरी एकैपटक लागू गर्नुपर्छ कि जस्तो अवस्था सिर्जना भएको बताए  । 

त्यस्तै उनले आर्थिक ऐन आइसकेकोले कतिपय ब्यबस्थालाई मौद्रिक नीतिमार्फत केही गर्न नसकिने उल्लेख गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved