अटो व्यवसाय बच्नेगरि मौद्रिक नीति ल्याउन गभर्नरलाई सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 12:36:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अटो व्यवसायीहरुले अटो व्यवसाय बच्ने गरि मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसियसनका अध्यक्ष ध्रुब थापाले ८ महिनादेखि अटो व्यवसाय ठप्प रहेकोले यस क्षेत्रलाई राहत दिने गरि मौद्रिक नीति ल्याउन गभर्नरलाई सुझाव दिएका हुन् ।

उनले ८ महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अब कर्जा तिर्न नसक्ने अवस्था सिर्जना भएको बताए। अध्यक्ष थापाले सरकारले आफुहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने सुझाव पनि दिएका छन्। सरकारलाई राजश्व चाहिए पनि अटो क्षेत्रलाई खोज्ने, र आयातमा कडाई गर्नु परे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको उल्लेख गरे। उनले अटो क्षेत्रलाई अब चुरोट रक्सिको क्याटागोरीमा राखिन थालेकोमा गुनासो गरे ।

उनले हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिन राख्नु पर्ने लगायतक ब्यबस्थाले ८ महिनादेखि अटो व्यवसाय ठप्प भएको उनले बताए । राष्ट्र बैंकको नीतिले नै केहि गर्न नसक्ने अवस्थामा  पुगेको बताउदै उनले अटो व्यवसाय बचाईदिने गरि मौद्रिक नीति ल्याउन गभर्नरलाई सुझाव दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved