बैंकिंङ प्रणालीमा निक्षेप बढेको छ भने कर्जा प्रवाह पनि बढेको छ। अघिल्लो साताको तुलनामा गत साता कमर्शियल बैंकहरुको निक्षेप र कर्जा बढेको नेपाल बैंकर्स संघ, एनबिए ले जनाएको छ।
बैंकर्स संघकाअनुसार जेठ १० गतेदेखि जेठ १७ गतेसम्म कमर्शियल बैकहरुको निक्षेप ४ अर्बले बढेको छ भने यस अवधिमा कर्जा प्रवाह २ अर्बले बढेको छ।
निक्षेप ४ अर्बले बढेर ४३ खर्ब ९८ अर्बबाट ४४ खर्ब ३२ अर्ब पुगेको छ भने कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ८२ अर्बबाट बढेर ४१ खर्ब ८४ अर्ब पुगेको छ।
जेठ महिना लागेपछि बाणिज्य बैंकहरुको निक्षेप ६२ अर्बले बढेको छ । बैशाख ३० गते बाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ७० अर्ब रहेकोमा जेठ १७ गतेसम्ममा निक्षेप बढेर ४ खर्ब ३२ अर्ब पुगेको छ ।