हिमालयन र सिभिल बैंकबीच बोर्ड र स्वापमा कुरा मिल्यो, यसैसाता मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2022 | 08:51:30 AM मा प्रकाशित

laxmi sunrise bank

'नन डिस्क्लोजर एग्रिमेन्ट' गरेर मर्जर प्रकृया अगाडी बढाएका हिमालयन र सिभिल बैंकबीच यसै साता मर्जरमा जानको लागि औपचारिक सम्झौता हुने भएको छ । स्वाप रेसियो, बैंकको नाम, संचालकहरु लगायतका विषयमा टुंगो लागिसकेकोले सम्भवत बिहिबार वा शुक्रबार मर्जरको लागि औपचारिक सम्झौता हुने भएको हो । 

 संचालक समिति र उच्च व्यवस्थापनको विषयमा टुंगो लागिसकेको बैंकका एक संचालकले बताए । उनका अनुसार १००:८१ को स्वापमा पनि सहमति भईसकेको छ ।  अब कर्मचारी समायोजनको विषय टुंगोमा लगाएर मर्जर सम्झौतामा हस्ताक्षर हुने छ । आज पनि मर्जर कमिटिको छलफल रहेकोले कर्मचारी समायोजनको विषय पनि आज नै टुंगो लागि सक्ने उनले बताए ।  

 नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता तोडीएपछि हिमालयन बैंक अर्को कुनै बैंकलाई प्राप्ति तथा मर्जर गर्नुपर्ने दबाबमा रहेको छ।  भने यता सबै सूचकमा राम्रो बन्दै गएको सिभिल बैंकलाई राम्रो स्वाप नपाउँदासम्म मर्जर तथा प्राप्तिमा नजाने 'एड्भान्टेज' छ। इन्भेष्टमेन्टले भने मेगा बैंकसँग मर्जरको लागि सम्झौता गरिसकेको छ ।  

हिमालयन र इन्भेष्टमेन्टको मर्जर प्रक्रिया टुटेपछि सिभिललाई हिमालयनको सम्भावित पार्टनरको रुपमा हेरिएको हो। हिमालयन बैंकमा हबिब बैंकपछिको दोस्रो ठुलो सेयरधनी रहेको कर्मचारी संचय कोषको लगानी सिभिल बैंकमा पनि भएको र सिभिल बैंकमा धेरै सेयर हिस्सा ओगटेको अर्को कुनै पार्टी नभएकाले पनि हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने धेरैको अनुमान छ। 

इन्भेष्टमेन्टसँगको मर्जर सम्झौता अगाडी पनि पनि हिमालयन र सिभिल बीच मर्जर प्रकृया धेरै अगाडी बढेको थियो। पछिल्लो समय नेपाल राष्ट्र बैंकले पनि मर्जरको लागि दिइएको छुट सुविधाहरु यहि असारसम्म मात्र प्राप्त हुने भन्दै बैंकहरुलाई मर्जरको लागि दबाब दिईरहेको छ । 

यस अघि:

हिमालयन र सिभिल बैंकबीच मर्जरको लागि 'नन डिस्क्लोजर एग्रिमेन्ट' 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved