सनिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2022 | 09:40:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सनिमा बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान वा डेबिट क्रेडिट कार्ड मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको १२७ कार्यालय र १२० वटा ए टि.एम्. संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved