मर्जरको लागि ईन्भेष्टमेन्ट र मेगा बैंकले पाए सैद्दान्तिक सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 10:38:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई एक आपसमा मर्जमा जानको लागि सैद्दान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले हिजो असार २२ गते २ बैंकलाई मर्जरको लागि  सैद्दान्तिक सहमति दिएको हो ।

यस संगै अब दुवै संस्थाले विशेष साधारणसभा बोलाएर मर्जर समबन्धि प्रस्ताव पारित गर्नु पर्ने  छ । त्यसपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गर्ने छ ।

२ बैंकबीच गत जेठ २७  क्रबार मर्जर सम्झौता सम्पन्न भएको हो।  सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । 

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved