सिभिल बैंकका ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा छुट पाउने भएका छन् ।
बैंक र हस्पिटलबीच सम्झौता भएसँगै सिभिल बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
सम्झौतामा बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के.सी. तथा हस्पिटलका तर्फबाट अध्यक्ष राम चन्द्र रेग्मीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याब, बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट हुनेछ ।
छुट पाउन सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाईल बैंकिङ्ग एप मार्फत डिजिटल पेमेन्टबाट गर्नुपर्नेछ ।
सिभिल बैंकले हाल ११५ शाखा, १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्फत सेवा दिँदै आएको छ ।