हिमालयन र सिभिलबीच नमिलेको 'चीज 'के हो, शुक्रबार सम्झौताको सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 11:11:04 PM मा प्रकाशित

laxmi  sunrise bank

'नन डिस्क्लोजर एग्रिमेन्ट' गरेर मर्जर प्रकृया अगाडी बढाएका हिमालयन र सिभिल बैंकबीच भोलि शुक्रबार हुने भनिएको प्राप्ति सम्झौता टर्ने सम्भावना बढेको छ। सबै कुरामा सहमति जुटेझें गरि शुक्रबार सम्झौता हुने भनीएपनि इलेभेन्थ आवरमा आएर बाधा अड्चन देखिएको हो।    

संचालक र स्वाप जस्ता महत्त्वपूर्ण बिषयमा कुरा टुंगो लागेको भनीएपनि कर्मचारी समायोजनको ठोस 'रोड' म्याप तयार नहुँदा प्राप्ति सम्झौतामा अड्चन देखिएको स्रोतको भनाई छ। 

बिशेषगरि हिमालयन बैंकले प्राप्ति गर्ने भनिएको सिभिल बैंकको उच्च तहका कर्मचारी र अन्य कर्मचारीको समायोजन कसरी हुन्छ भन्ने बिषयले ठोस रुप नपाएकाले तथा हिमालयन बैंकको साइडबाट स्वापमा परिवर्तनका कुरा आएकाले प्राप्ति सम्झौता भनिएकै समयमा नहुन पनि सक्ने स्रोतको दाबी छ। 

स्रोत भन्छ, 'हिमालयन बैंकले भोलि सोल्टी होटलमा एक कार्यक्रम छ भनेर तपाइँ केहि पत्रकारलाई डाकेको रहेछ, तर सिभिल बैंक अझैं पनि केहि प्रश्नको उत्तरको पर्खाईमा छ, त्यहि भएर पनि अहिलेकै अवस्थामा भोलि प्राप्ति सम्झौता हुनेमा आशंका छ।'

बिजपाटीलाई प्राप्त जानकारीअनुसार सिभिललाई दिने भनिएको ८१ को स्वाप केहि अंकले घटाउनुपर्ने तथा कर्मचारी समायोजनमा सिभिल बैंक थप लचिलो हुनुपर्ने प्रस्ताव आएपछि प्राप्ति सम्झौता हुने नहुनेमा अन्यौलता थपिएको हो।  

भोलि बिहान हुने बैठकले प्राप्ति सम्झौता हुने नहुने तय गर्ने स्रोतले जनाएको छ।  

अरु सबै कुरामा सहमति जुटिसकेकाले भोलि प्राप्ति सम्झौता हुनेमा आफुहरु बिश्वस्त रहेको हिमालयन बैंक स्रोतले जनाएको छ। 

'बोर्ड, स्वाप र कर्मचारी समायोजनमा कुरा मिलिसकेकाले यहि बिषयलाई लिएर प्राप्ति सम्झौता नहुने भन्ने हुदैन, आशा गर्नुहोस, भोलि शुक्रबार भनेकै समयमा प्राप्ति सम्झौता हुन्छ।' हिमालयन बैंक स्रोतले जनाएको छ। 

यस अगाडी हिमालयन र सिभिल बैंकबीच प्राप्ति सम्झौता हुने र त्यसका लागि हिमालयनले सिभिललाई ८१ को स्वाप दिने भनिएको थियो। त्यस्तै बोर्डमा पनि हिमालयन बैंकको मात्रै प्रतिनिधि रहनेछन।  

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता तोडीएपछि हिमालयन बैंक अर्को कुनै बैंकलाई प्राप्ति तथा मर्जर गर्नुपर्ने दबाबमा रहेको छ।  भने यता सबै सूचकमा राम्रो बन्दै गएको सिभिल बैंकलाई राम्रो स्वाप नपाउँदासम्म मर्जर तथा प्राप्तिमा नजाने 'एड्भान्टेज' छ। 

हिमालयन र इन्भेष्टमेन्टको मर्जर प्रक्रिया टुटेपछि सिभिललाई हिमालयनको सम्भावित पार्टनरको रुपमा हेरिएको हो। हिमालयन बैंकमा हबिब बैंकपछिको दोस्रो ठुलो सेयरधनी रहेको कर्मचारी संचय कोषको लगानी सिभिल बैंकमा पनि भएको र सिभिल बैंकमा धेरै सेयर हिस्सा ओगटेको अर्को कुनै पार्टी नभएकाले पनि हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने धेरैको अनुमान छ। 

इन्भेष्टमेन्टसँगको मर्जर सम्झौता अगाडी पनि पनि हिमालयन र सिभिल बीच मर्जर प्रकृया धेरै अगाडी बढेको थियो। पछिल्लो समय नेपाल राष्ट्र बैंकले पनि मर्जरको लागि दिइएको छुट सुविधाहरु यहि असारसम्म मात्र प्राप्त हुने भन्दै बैंकहरुलाई मर्जरको लागि दबाब दिईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved