हिमालयनको 'सर्त' ले झस्कियो सिभिल, ३ कुरा नमिलेसम्म सम्झौता नगर्ने अडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 11:59:42 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन र सिभिल बैंकबीच आज हुने भनिएको प्राप्ति सम्झौता नहुने भएको छ। आफ्ना कुराहरु पुरा हुने अवस्था नबनेसम्म कुनै पनि हालतमा प्राप्ति सम्झौतामा नजाने सिभिल बैंकको अडानपछि आज हुने भनिएको प्राप्ति सम्झौता नहुने भएको हो। 

हिमालयन बैंकले 'कन्डिसन' अगाडी सारेपछि आफुहरु झनै झस्किएको बताउँदै अब आफ्नो बिषय पुरा हुने स्पष्ट नभएसम्म प्राप्ति सम्झौतामा नजाने सिभिल बैंक स्रोतले जनाएको छ। 

सिभिल बैंक स्रोत भन्छ, 'मुलत अहिले हामि तीन बिषयमा स्पष्टता खोजेका छौं। स्वापको ग्यारेन्टी, उच्च तहको कर्मचारी र अरु कर्मचारीको सम्मानजनक र समान हैसियतमा समायोजन।' 

प्राप्तिमा जाने सम्झौतामा हस्ताक्षर गरिसकेपछि आफुहरु सबै कुरा प्रक्रियागत रुपमा मान्न बाध्य हुने भएकाले आफ्ना कुराहरु अहिल्यै स्पष्ट हुनुपर्छ भन्ने अडानमा आफुहरु रहेको सिभिल बैंक उच्च स्रोतले बिजपाटीलाई जानकारी दिएको छ।   

आज हुने भनिएको प्राप्ति सम्झौता नभएपनि प्राप्ति नै नहुने भन्ने नभएको उनको भनाई छ। उनकाअनुसार आज बसेको सिभिल बैंकको मर्जर कमिटी बैठकले तीन वटा विषयमा लिखित र प्रष्ट सम्झौता नभएसम्म हिमालयनसँग मर्जर सम्झौता नहुने निर्णय गरेको हो।

 हिमालयन र सिभिलबीच स्वाप रेसियो १००:८१ हुने भनिएको थियो । त्यसमा १० प्रतिशत तलमाथि हुने प्रावधानलाई लिएर सिभिल सहज थिएन । आज बसेको बैठकले सिभिलको रेसियो कम्तीमा ८१ हुनुपर्ने र त्यसको लिखित सम्झौता हुनुपर्ने सिभिलको अडान छ। 

त्यस्तै गरेर कर्मचारीहरूले खाइपाइ आएको सुविधा समान हुनुपर्ने र त्यसबारे पनि लिखित रूपमै प्रष्ट पार्नुपर्ने सिभिलको अर्को अडान छ।  सिभिल बैंकका सीइओ सहित उच्च व्यवस्थापनलाई सहि र सम्मानजनक समायोजन हुनुपर्ने सिभिलको अडान छ।   

दुवै बैंकका मर्जर कमिटीबीच आजै छलफल हुने र यस बिषयमा थप छलफल हुनेभएको छ। दुवै बैंकबाट मर्जर कमिटीमा ६ जना रहेका छन् । 

सबै कुरा सहजढंगले अगाडी बढेको भए आज दिउँसो १ बजे होटल सोल्टीमा हिमालयन र सिभिल बैंकबीच प्राप्ति सम्झौता हुने पक्कापक्कि थियो ।  यहि आत्मविश्वासकै कारण आज दिउँसो १ बजे होटल सोल्टीमा एक कार्यक्रम समेत पहिल्यै तय गरिएको थियो ।  तर अहिले आएर उक्त कार्यक्रम समेत स्थगित भएको छ । 

यस अघि: 

हिमालयन र सिभिलबीच नमिलेको 'चीज 'के हो, शुक्रबार सम्झौताको सम्भावना कति ?

- हिमालयन र सिभिल बैंकबीच बोर्ड र स्वापमा कुरा मिल्यो, यसैसाता मर्जर सम्झौता

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved