प्रभु बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा १५ प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 05:07:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकका ग्राहकले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरमा छुट पाउने भएका छन् ।

बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरका तर्फबाट वरिष्ठ मार्केटिंग कार्यकारी अधिकृत अस्मिता पराजुलीले छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरमा प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत, थप डाक्टर परामर्श चाहिएमा र डाक्टरको सुझाव अनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने छन् । 

फार्मेसी सेवामा ५ प्रतिशत छुट पाउने छन् । यसका साथै २ हजार भन्दा बढीको औषधी खरीद गरेवापत ५ कि.मि. को दुरीसम्म निस्शुल्क डेलिभरीको व्यवस्था गरिएको छ । 

प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा यो छुट पाउने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved